• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

फिफा विश्वकप छनोट खेलमा इराकको लगातार पाँचौँ जित


  • धनकुटा खबर
  • .

फिफा विश्वकप–२०२६ अन्तर्गत एसियाली क्षेत्रको दोस्रो चरणको छनोट खेलमा बिहीबार इराकले इन्डोनेसियालाई २–० गोलले हराएको छ । समूह ‘एफ’ बाट इराक विश्वकप छनोटको तेस्रो चरणमा पुगिसकेको छ ।

दोस्रो चरणको छनोट प्रतियोगितामा इराकले लगातार पाँचौँ जित हात पारेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इराकले दुबै गोल दोस्रो हाफमा गरेको थियो ।

निर्धारित समयको ५४औँ मिनेटमा इराकका लागि आइमेन हुसैनले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा दुई मिनेटअघि इराकका लागि अली जासिमले दोस्रो गोल थपेका थिए ।

पाँच खेल खेलेको इराक १५ अंकसहित तालिकाको पहिलो स्थानमा छ । पाँच खेलबाट सात अंक हात पारेको इन्डोनेसिया दोस्रो स्थानमा आसिन छ ।

चार खेलबाट तीन अंक जोडेको भियतनाम तेस्रो र चार खेलबाट एक अंक बटुलेको फिलिपिन्स चौथो स्थानमा रहेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖