• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

बाबरले उछिने विराटलाई


  • धनकुटा खबर
  • .

एजेन्सी । पाकिस्तानका कप्तान बाबर आजम टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा बढी रन बनाउने खेलाडीहरूको सूचीको पहिलो स्थानमा पुगेका छन् । उनले यस मामिलामा भारतीय ब्याटर विराट कोहलीलाई उछिनेका हुन् ।

बिहीबार अमेरिकासँग भएको खेलमा ४४ रन जोड्दै बाबरले टी–२० अन्तर्राष्ट्रियमा ४ हजार ६७ रन बनाएका छन् । उनले १२० खेलमा ४१.०८ को औसतले ३ शतक र ३६ अर्धशतक प्रहार गरेका छन् ।

दोस्रो स्थानमा रहेका विराट कोहलीले ४ हजार ३८ रन बनाएका छन् । यो सूचीको तेस्रो स्थानमा भारतकै रोहित शर्मा रहेका छन् । उनले ४ हजार २६ रन बनाएका छन् ।

चौथो स्थानमा आयरल्याण्डका पाउल स्टर्लिङ छन् । उनको ३ हजार ५९१ रन छ । पाँचौँ स्थानमा रहेका मार्टिन गुप्टिलले ३ हजार ५३१ रन जोडेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖