• Friday 9th of October 2026

सेनाका लेसनायक हरिचन्द्रले राखे पाँचौ पटक गिनिज वर्ल्ड रेकर्ड


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली सेनाका लेसनायक हरिचन्द्र गिरीले गिनिज बुकमा पाँचौ वर्ल्ड रेकर्ड राखेका छन् । गिरीले पाँचौ पटक ‘मस्ट स्किप्स अन अपराइट टायर इन वान मिनट–२०२४’ शीर्षकमा विश्व रेकर्ड राखेका हुन् ।

गुड्ने अवस्थामा रहेको टायरमाथि एक मिनेटमा उनले १२० पटक स्किपिङ खेलेर रेकर्ड बनाउन सफल भए । उनले यसअघि चारवटा विश्व कीर्तिमान राखेका थिए । यसअघि हातले टेकेर भर्‍याङको ५० खुड्किला १२ दशमलव ६५ सेकेन्डमा पुरा गरेर उनले स्विट्जरल्याण्डका केभिन डेलकोको नाममा रहेको रेकर्ड ब्रेक गरे ।

२०२२ मा उनले आफ्नो खुट्टाको बिचमा फुटबल हातले टेकेर सबैभन्दा छिटो ५० मिटर हिँड्ने नयाँ कीर्तिमान बनाए । गिरीले आफ्नो खुट्टाबिचको फुटबलको साथ हातले सबैभन्दा छिटो १० मिटर हिँडेर कीर्तिमान कायम गरेका थिए ।

सेनामा ११ औँ वर्षमा सेवा गरिरहेका उनी दाङको राप्ती गाउँपालिका–४ का स्थानीय हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖