• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

क्यानडाले आयरल्यान्डलाई दियो १३८ नको लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा क्यानडाले आयरल्यान्डलाई १३८ रनको लक्ष्य दिएको छ ।

शुक्रबार न्यूयोर्कमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको क्यानडाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३७ रनको योगफल खडा गरेको हो ।

क्यानडाका निकोलस किर्टोनले सर्वाधिक ४९ रन बनाए । एक रनले अर्धशतक बनाउन चुकेका उनले ३५ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । श्रेयस मोभ्वाले ३७ रन थप्दा पर्गत सिंहले १८ र आरोन जेम्सले १४ रन जोडे ।

आयरल्यान्डका बेरी म्याकार्थी र क्राइग योङले समान दुई विकेट लिए । मार्क अडायर र ग्यारेथ डेलानीको नाममा एक–एक विकेट रह्यो ।

दुवै टिम आज प्रतियोगितामा पहिलो जितको खोजीमा छन् । यसअघि पहिलो खेलमा आयरल्यान्डले भारतसँग आठ विकेटको हार बेहोरेको थियो । क्यानडा भने पहिलो खेलमा अमेरिकासँग सात विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖