• Friday 9th of October 2026

टी-२० विश्वकप: न्युजिल्याण्डमाथि अफगानिस्तानको शानदार जित


  • धनकुटा खबर
  • .

काठमाडौं। अफगानिस्तानले जारी टी-२० विश्वकपमा न्यूजिल्याण्डलाई हराएको छ।

शनिबार बिहानसम्पन्न खेलमा अफगानिस्तानले न्यूजिल्याण्डलाई ८४ रनको फराकिलो अन्तरले परजित गरेको हो। अस्गानिस्तानले दिएको १६० रनको लक्ष्य पछाएको न्यूजील्याण्ड १५.२ ओभरमा ७५ रनमा अल आउट भएको थियो।

न्यूजिल्याण्डका लागि ग्लेन फिलिपले १८ र माट हेनरीले १२ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए।

त्यस्तै अफगानिस्तानका बलर राशिद खान र फाजलहक फारुकीले ४-४ विकेट लिएका थिए भने मोहमद नावीले २ विकेट लिएका छन्।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको थियो। अफगानिस्तानका लागि रह्मतुल्लाह गुरबाजले सर्बाधिक ८० रन बनाए भने इब्राहिम जर्दानले ४४ र अजमातुल्लाह ओमरजाईले २२ रन बनाएका थिए।

यो अफगानिस्तानको न्यूजील्याण्डविरुद्ध टी-२० अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्मकै पहिलो खेल हो। समूह सी मा रहेको अफगानिस्तानले लगातार दोस्रो जित हासिल गर्दै ४ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ । यस अघि पहिलो खेलमा अफगानिस्तानले युगाण्डालाई पराजित गरेको थियो।

अब न्यूजील्याण्डले अर्को खेल जुन १३ मा वेस्ट इन्डिजसँग खेल्ने छ भने अफगानिस्तानले जुन १४ मा पिएनजीबिरुद्ध खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖