• Friday 9th of October 2026

भारत र पाकिस्तानबीचको खेल पुनः सुरु, कोहली चार रनमै आउट


  • धनकुटा खबर
  • .

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत वर्षाका कारण रोकिएको भारत र पाकिस्तानबीचको खेल पुनः सुरु भएको छ ।

आइतबार न्यु योर्कमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले एक ओभर ब्याटिङ गर्दा वर्षा भएपछि खेल रोकिएको थियो । एक ओभरको खेल हुँदा भारतले विकेट नगुमाई आठ रन बनाएको थियो । खेल करिब आधा घण्टा रोकिएको हो ।

खेल पुनः सुरु भएको तेस्रो बलमै भारतका ओपनर विराट कोहली आउट भए । कोहलीलाई चार रनमा नसिम साहले उस्मान साहबाट क्याच गराए ।

यसअघि वर्षाका कारण ओसिलो मैदान भएपछि खेलको टस करिब १५ मिनेट ढिलो भएको थियो ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा सह–आयोजक अमेरिकाविरुद्ध सुपर ओभरमा अप्रत्याशित हार बेहोरेको पाकिस्तान आज पहिलो जितको खोजीमा छ । पहिलो खेलमा आयरल्यान्डविरुद्ध आठ विकेटको सहज जित निकालेको भारत भने लगातार दोस्रो जितको लक्ष्यमा छ ।

भारत दुई अंकसहित तालिकाको दोस्रो र अंकविहीन पाकिस्तान तालिकाको चौथो स्थानमा छ । पहिलो खेलमा हार बेहोरेका कारण प्रतियोगिताको सुपर–८ पुग्ने सम्भावना बलियो बनाउन पाकिस्तान आज जितको दबाबमा छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖