• Monday 5th of October 2026

विराटनगरमा दुई महिना निशेधाज्ञा


  • धनकुटा खबर
  • .

विराटनगर । पहिचान पक्षधरले आन्दोलनको तयारी गरेपछि प्रशासनले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ ।

प्रदेशको नामप्रति असन्तुष्ट रहेका विभिन्न संघसंगठनहरुले कोशी प्रदेशको राजधानी विराटनगरमा आन्दोलन गर्ने तयारी गरेपछि विराटनगरका केही स्थानमा २ महिने निषाधाज्ञा जारी गरिएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आइतबार सूचना जारी गर्दै असोज १ गते बिहान ६ बजेदेखि लागू हुने गरी प्रदेशसभा सचिवालयबाट पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, रोडशेष चोकदेखि दक्षिण जतुवा चोक, मुख्यमन्त्री निवासको ३ सय मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालयबाट ३ सय मिटर वरपर र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्व निषेधित क्षेत्र घोषणा गरेका हुन् ।

पछिल्लो समयमा विराटनगरलाई केन्द्रीत गरेर विभिन्न समूहलगायतबाट विरोध, धर्ना, जुलुस आयोजना गरी विरोधका कार्यक्रमहरु भइरहेका छन् । उक्त गतिविधिबाट शान्ति सुरक्षामा असर पर्न सक्ने भएकाले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज बनाउनका लागि असोज १ गते बिहान ६ बजेदेखि २ महिनासम्मका लागि निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।

निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावत बाहेक सभा, जुलुस, भेला, र्‍याली, धर्ना जस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३क) बमोजिम निषेध गरिएको प्रमुख जिल्ला अधिकारी यादवले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖