• Friday 9th of October 2026

प्रतिशकी आमा भन्छिन्ः छोराको रिप्लेसमेन्टले मन भारी भयो, तर सन्दीप पनि हाम्रै छोरा हुन्


  • धनकुटा खबर
  • .

नेपाली क्रिकेट टीमका मिडियम फास्ट बलर प्रतिश जिसीकी आमा प्रतिभा जिसीले सन्दीप लामिछाने पुनः टीममा आउनु खुशीको कुरा भएको प्रतिक्रिया दिएकी छिन्।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रतिशको ठाउँमा सन्दीपलाई सहभागी गराएको समाचार सुनेपछि मन भारी भएको भन्दै प्रतिशकी आमा प्रतिभाले छोराले खेल्न नपाउने खबरले दुःखी भएपनि सन्दीप पुनः टीममा आउनु खुशीको कुरा भएको बताएकी छिन्।

१२ जुनमा हुने नेपाल र श्रीलङ्का बीचको खेल हेर्न अमेरिका पुगेकी उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘स्पिनर बलरको सबस्टिच्युट लेफ्ट आम मिडियम फास्ट बलर कसरी हुन्छरु त्यो चाहिँ बुझ्न सकिन। तर, यहाँ मेरो छोरो तेरो छोरो भन्दा पनि सबै खेलाडीहरु हाम्रै छोरा हुन्। यहाँ छोरोले भन्दा पनि देशले जित्नुपर्नेछ। जुन खेलाडी टिममा भएपनि नेपालको लागि राम्रो खेल्ने खेलाडी टिममा हुनुपर्छ। हामी देशले जितेको हेर्न चाहन्छौँ। सन्दिप टिममा पुनरागमन हुँदा एकदमै खुशी छु। नेपाल किक्रेट टिम एउटा परिवार हो। यहाँ दाई र भाई जो खेले पनि देशकै लागि खेल्ने हो। सन्दीपलाई शुभकामना।’-नागरिक

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖