• Sunday 4th of October 2026

‘नाङ्गो गाउँ’ ले दुई दिनमै कमायो १ करोड ६० लाख


  • धनकुटा खबर
  • .

काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खानको फिल्म ‘जवान’ को दबदबाबीच पनि नेपाली फिल्म ‘नाङ्गो गाउँ’ ले राम्रो व्यापार गरिरहेको छ।

‘नाङ्गो गाउँ’ले नेपालभरि दुईदिनमा १ करोड ६० लाख कमाई गरेको निर्देशक दिपेन्द्र लामाले जानकारी दिए।

उनका अनुसार पहिलो दिन फिल्मले ७० लाख रुपैयाँसहित ओपनिङ गरेको थियो। शनिबार भने फिल्मले ९० लाखको ग्रस कलेक्सन गरेको लामाले बताए।

आइतबार पनि फिल्ममा दर्शकको संख्या उत्साहजनक नै रहेको उनी सुनाउँछन्। ओपनिङको दिन जवानका कारण कम शो पाएको नाङ्गो गाउँले अहिले मल्टिप्लेक्सहरुमा राम्रो शो पाएको छ। बिग मुभिज, क्युएएफएक्समा जवान र नाङ्गो गाउँले हाल बराबर शो पाएका छन्। एक भागवत र एक गीत- सामाजिक कथाले भने बक्स अफिसमा कमाल देखाउन सकेको छैन। जसको फाइदा पनि नाङ्गो गाउँले उठाइरहेको छ।

दिपेन्द्रकै लेखन रहेको फिल्म राजनीतिक विषयवस्तुमाथि आधारित छ। फिल्ममा दयाहाङ राई, मिरुना मगरसहित कार्म र साम्राज्ञी शाहको मुख्य भूमिका रहेको छ।

हिमाल शर्माको प्रस्तुतिमा तयार भएको फिल्ममा जय श्रेष्ठको लगानी रहेको छ। यस फिल्मले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय प्रदर्शन राइट्स बिक्रीमार्फत करिब डेढ करोड कमाइसकेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖