• Friday 9th of October 2026

जब ब्याट्सम्यानको हेलमेटमा अड्कियो बल…


  • धनकुटा खबर
  • .

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत गयराति सम्पन्न खेलमा बङ्गलादेशले नेदरल्यान्ड्समाथि जित निकाल्दै आफ्नो सुपर ८ को यात्राको सम्भावनालाई जीवितै राखेको छ।

वेस्ट इन्डिजको एर्नोस भेले ग्राउन्डमा भएको खेलमा बङ्गलादेशका पूर्व कप्तान शाकिब अल हसनले नट आउट रहँदै सर्वाधिक ६४ रनको पारी खेले भने तान्जिद हसनले ३५ रन जोडे। जुन बङ्गलादेशको जितका लागि पयाप्त भयो। तर, नेदरल्यान्ड्सविरुद्धको खेलमा ओपनर ब्याट्सम्यान तान्जिदसँग एउटा अनौठौँ घटना भयो जसले उनको आँखा गुम्न सक्थ्यो।

बङ्गलादेशका शाकिब र तान्जिद मैदानमा ब्याटिङ्ग गर्दै थिए। तेस्रो ओभरको पारी जारी थियो। नेदरल्यान्ड्सका तीव्र गतिका बलर विवियन किङ्मा बलिङ्ग गर्न आएका थिए। उनले आफ्नो पहिलो ओभरको पाँचौ बल फाल्दा स्ट्राइकमा रहेका तान्जिदले पुल सर्ट प्रहार गर्न खोजे तर, बल उनको आँखा तर्फ आउँदै हेलमेटमा अड्कियो। र, उनको आँखा जोगियो। यस घटनाको भिडियो अहिले भाइरहल भइरहेको छ।

भिडियोमा प्रष्ट देख्न सकिन्छ, तान्जिद तर्फ आएको बल सिँधै गएर उनको हेलमेटको ग्रिलमा अड्किन्छ र उनले थाहै पाउँदैनन् बल कहाँ गयो। तर, पछि उनको हेलमेटमा बल अड्किएको देख्दा हेलमेट फुकालेर बल निकालिरहेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖