• Friday 9th of October 2026

पपुवा न्यु गिनीलाई हराउँदै अफगानिस्तान ‘सुपर–८’ चरणमा


  • धनकुटा खबर
  • .

एजेन्सी । अफगानिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर–८ चरणमा प्रवेश गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा पपुवा न्यु गिनीलाई सात विकेटले हराउँदै अफगानिस्तान सुपर–८ चरणमा पुगेको हो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यु गिनीले १९.५ ओभरमा अलआउट हुनुअघि ९५ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको अफगानिस्तानले भने १५.१ ओभरमा केवल तीन विकेट गुमाएर विजय लक्ष्य पुरा गर्‍यो ।

अफगानिस्तान समूह ‘सी’ बाट सुपर–८ चरणमा पुगेको हो । यसअघि सोही समूहबाट वेस्ट इन्डिज सुपर–८ चरणमा पुगिसकेको छ । उक्त समूहमा रहेका अन्य टोली पपुवा न्यु गिनी, युगान्डा र न्युजिल्यान्ड भने घर फर्किने निश्चित भएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖