• Friday 9th of October 2026

इतिहास रच्न चुकेपछि कप्तान रोहितले के भने ?


  • धनकुटा खबर
  • .

काठमाडौं,१ असार । आईसीसी टी-२० विश्वकपमा नेपाल मात्र १ रनले दक्षिण अफ्रिकासँग हारेपछि कप्तान रोहित पौडेलले नेपाली टोलीको खेलबाट आफू सन्तुष्ट रहेको बताएका छन्। शनिबार बिहान वेस्ट इन्डिजमा भएको खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनको झिनो अन्तरले हार्दा सुपर ८ मा पुग्ने सपना अधूरै रहेको थियो ।

सो खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘नेपाली टोलीको खेलबाट गर्व लागिरहेको छ। बलिङ र ब्याटिङमा नेपालले राम्रो गर्‍यो। अगामी दिनमा यसको अनुभवले सहयोग पुग्नेछ।’

नेपाली समर्थकको उपस्थितिको प्रशंसा गर्दै कप्तान पौडेलले जहाँ भए पनि घरेलु मैदानकै आभास हुने अनुभूति सुनाए।

उनले भने, ‘टाढाबाट आएर वर्षा पनि नभनी नेपाली टोलीको हौसला बढाउनुहुन्छ, त्यसका लागि नेपालका समर्थकलाई धेरै-धेरै धन्यवाद’ ।

टी-२० आईमा नेपाल र दक्षिण अफ्रिका पहिलोपटक भेट भएका हुन्।

नेपालले अब समूह चरणको अन्तिम खेलमा सोमबार बगंलादेशसँग खेल्नेछ।

समूह डीबाट नेपालसँगै श्रीलंका पनि बाहिरिएको छ।

चार खेलमा अपराजित दक्षिण अफ्रिका ८ अंक बनाउँदै शीर्ष स्थानमा रहेर सुपर ८ मा पुगेको हो।

अब ४ अंकका साथ दोस्रो स्थानमा रहेको बंगलादेशको सुपर ८ मा पुग्ने सम्भावना बलियो छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖