एजेन्सी । स्वीट्जरल्यान्डले हंगेरीलाई हराउँदै युरो २०२४ मा विजयी सुरुवात गरेको छ । समूह ए अन्तर्गतको खेलमा स्वीट्जरल्यान्ड ३–१ गोलले विजयी बन्यो ।
खेलको १२ औँ मिनेटमा क्वाडवो डुआले स्वीस टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यमा मिकेल एबिस्चरले टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा बर्नबास भार्गाले गोल गर्दै हंगेरीलाई खेलमा फर्काउने प्रयास गरे । तर, इन्जुरी समयमा ब्रिल इमबोलोले गोल गर्दै स्वीस टोलीलाई तीन अङ्क सुनिश्चित गरे ।
समूहमा गोलअन्तरको आधारमा आयोजक जर्मनी शीर्ष स्थानमा छ । स्वीट्जरल्यान्ड समान अङ्कसहित दोस्रो स्थानमा छ ।
