• Friday 9th of October 2026

दीपेन्द्र एरी अहिलेसम्मकै उच्च वरियतामा


  • धनकुटा खबर
  • .

काठमाडौँ । क्रिकेटर दिपेन्द्र सिंह ऐरी पुरुष टी-२० मा अलराउण्डरको आइसीसी वरियतामा छैटौं स्थानमा उक्लिएका छन् ।

आइसीसीले हालै सार्बजनिक गरेको नयाँ वरियतामा दिपेन्द्रले तीन स्थानको सुधार गर्दै छैटौं स्थानमा उक्लिएका हुन् । दिपेन्द्रले हालै टी-२० विश्वकपमा राम्रो खेल प्रदर्शन गरेपछि उनको वरियतामा सुधार भएको हो ।

टी-२० को अलराउन्डर वरियताको शिर्ष स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस रहेका छन् । उनले अफगानिस्तानका मोहमद नावीलाई पछि पर्दै शिर्ष स्थानमा उक्लिएका हुन् । त्यस्तै दोस्रो स्थानमा बंगलादेशका शकिब अल हसन रहेका छन् । यस अघि चौथो स्थानमा रहेका शकिबले दुई स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका हुन् ।

त्यस्तै यस अघि शिर्ष स्थानमा रहेका नावी भने चौथो स्थानमा झरेका छन् । त्यस्तै पाँचौं स्थानमा जिम्बाबेका सिकन्दर राजा रहेका छन् । दिपेन्द्र पछि भारतका हार्दिक पाण्डेय सातौ स्थानमा रहेका छन् ।
  

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖