• Friday 9th of October 2026

युरोमा इन्जुरी समयमा अर्को गोल, बराबरीमा रोकियो स्लोभेनिया


  • धनकुटा खबर
  • .

युरोपियन च्याम्पियनसिपमा पहिलो जिततर्फ अग्रसर बनिरहेको स्लोभानिया इन्जुरी समयमा गोल खाँदै बराबरी खेल्न बाध्य बनेको छ । बिहीबार राति भएको युरो २०२४ को समूह सी अन्तर्गतको खेलमा टोली सर्बियासँग १–१ को बराबरीमा रोकिएको हो ।

स्लोभानिया युरोपियन च्याम्पियनसिपमा खेलेका ५ खेल जितविहीन रहेको छ । यसमा ४ खेलमा बराबरी र एकमा हार बेहोरेको छ ।

आजको खेलसहित स्लोभानियाले प्रतियोगितामा मात्र दोस्रो पटक अग्रता लिएको हो । यसअघि सन् २००० को युरोमा टोलीले युगोस्लाभियाविरुद्ध ३–० को अग्रता बनाएको थियो । तर, त्यस खेलमा पनि टोली ३–३ को बराबरीमा रोकियो ।

बिहीबार टोलीले ६९ औँ मिनेटमा जान कार्निकनिकको गोलमा अग्रता लिएको थियो । जिततर्फ अघि बढिरहँदा सर्बियाका लुका जोभिकले ९५ औँ मिनेटमा गोल गर्दै टोलीमा सपना चकनाचुर बनाए । यस युरोमा इन्जुरी समयमा ६ वटा गोल भइसकेका छन् ।

बराबरीपछि दुई खेलबाट २ अङ्क बटुल्दै स्लोभानिया समूहको दोस्रो स्थानमा रहेको छ । सर्बियाको एक अङ्क रहेको छ । टोली समूहको पुछारमा छ ।

यस समूहको शीर्ष स्थानमा ३ अङ्क बटुलेको इंग्ल्यान्ड रहेको छ । डेनमार्क १ अङ्कसहित तेस्रो स्थानमा विराजमान छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖