• Monday 5th of October 2026

श्रीलङ्काकाे क्रिकेट मैदानका कर्मचारीलाई ४२ लाख भारु दिने एसीसीका अध्यक्ष जय शाहकाे घाेषणा


  • धनकुटा खबर
  • .

काठमाण्डाै – एसियाली क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष जय शाहले श्रीलङ्काकाे क्रिकेट मैदानका कर्मचारीलाई ४२ लाख भारतीय रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिवसमेत रहेका एसीसीका अध्यक्ष जय शाहले ४२ लाख भारु नगद पुरस्कार दिने घोषणा गर्नुभएको खबरमा उल्लेख छ । एसिया कप क्रिकेटका सबैजसो खेल वर्षाले प्रभावित हुँदा मैदानका कर्मचारीले उत्कृष्ट मेहनत गरेका थिए । पानी परेको बेला मैदानलाई ढाक्न, पानी रोकिएपछि मैदानबाट कभर हटाउन र मैदान पुनः सुक्खा बनाएर खेलका लागि योग्य बनाउन गरेको मेहनतको चौतर्फी प्रशंसा भइरहेको छ ।

भारतका बलर मोहम्मद सिराजले पनि फाइनल खेलमा ‘प्लेअर अफ दी म्याच’ बापत पाएको पुरस्कार मैदानका कर्मचारीलाई दिने घोषणा गरेका छन् । भारतीय खेलाडी रोहित शर्मा र विराट कोहलीले पनि उनीहरूको मेहनतको तारिफ गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖