कोपा अमेरिकामा कोलम्बियाले विजयी सुरुवात गरेको छ । मंगलबार बिहान सकिएको खेलमा समूह डीमा रहेको कोलम्बियाले पाराग्वेलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
कोलम्बियाको जितमा डेनियल मुनोज र जेफरसन लेर्माले एक–एक गोल गर्दा पाराग्वेका लागि जुलियो इनसियोले एक गोल फर्काए ।
३२ औँ मिनेटमा जेम्स रोड्रिगेजको पासमा डेनियल मुनोजले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, खेलको ४२ औँ मिनेटमा रोड्रिगेजकै पासमा जेफरसनले गोल गर्दै अग्रता दाब्बर बनाए ।
६९ औँ मिनेटमा पाराग्वेका लागि जुलियो इनसियोले रामोन सोसाको पासमा गोल गर्दै अन्तर कम गरे पनि हार टार्न पर्याप्त भएन । जितसँगै कोलम्बिाले समूह डीमा ३ अङ्क लिएको छ ।
