• Friday 9th of October 2026

अस्ट्रेलिया विरुद्धको खेलमा भारतले बनायो यस्ता कीर्तिमान


  • धनकुटा खबर
  • .

अष्ट्रेलियाविरुद्ध जीत हात पर्दै भारत आइसीसी टी-ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर-८ चरणको आफ्नो अन्तिम खेलमा गएराति अष्ट्रेलियालाई २४ रनले हराउँदै भारतले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

भारतले दिएको २०६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८१ रन मात्रै बनाउन सक्यो ।

भारतले खेल मात्रै जितेन त्यसमा केही कीर्तिमान पनि बने ।

अस्ट्रेलिया विरुद्धको खेलमा भारतीय टोलीले १५ छक्का प्रहार गरेको थियो । यो टी–२० विश्वकपको कुनै पनि खेलमा भारतीय टोलीले प्रहार गरेको सर्वाधिक छक्काको कीर्तिमान हो ।

यसअघि टोलीले एक खेलमा १३ छक्का प्रहार गरेको थियो । टोलीले बंगलादेश विरुद्धको खेलमा १३ छक्का प्रहार गरेको थियो । यति मात्र होइन, यो विश्वकपको कुनै पनि खेलमा सबैभन्दा बढी छक्का प्रहार गर्ने कीर्तिमान पनि हो ।

भारतीय टोलीले बनाएको २०५ रनको स्कोर पनि एक कीर्तिमान हो । यो टी-२० विश्वकपमा भारतीय टोलीको तेस्रो उच्च स्कोर हो । टोलीको अधिकतम स्कोर २००७ को विश्वकपमा बनाइएको थियो । भारतीय टोलीले इंग्ल्याण्डविरुद्ध २१८ रन बनाएको थियो । यसपछि सन् २०२१ मा अफगानिस्तानविरुद्ध २१० रन बनाएको हो ।

यो अष्ट्रेलिया विरुद्धको टी-२० विश्वकपमा कुनै पनि टोलीले बनाएको उच्च स्कोर हो । भारतीय टोलीले सन् २०१२ को विश्वकपमा अस्ट्रेलियाविरुद्ध वेस्ट इन्डिजले बनाएको २०५ रनको बराबरी गरेको हो ।

रोहित शर्माले खेलमा धेरै नयाँ कीर्तिमान पनि बनाए । रोहितले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २०० छक्का पूरा गरेका छन् । उनले १९ हजार रन पनि पूरा गरे ।

यसका साथै रोहित टी–२० विश्वकपमा सर्वाधिक बाउन्ड्री प्रहार गर्ने ब्याट्सम्यान पनि बनेका छन् । रोहितले यो विश्वकपमा सबैभन्दा छिटो अर्धशतक पनि बनाए । यसबाहेक रोहितले टी–२० विश्वकपमा भारतका लागि दोस्रो ठूलो स्कोर बनाए ।

रोहितले पावरप्लेमा नै आफ्नो अर्धशतक पूरा गरेका थिए । २१ बलमा ५१ रन बनाए । रोहित १२ औं ओभरको दोस्रो बलमा आउट भए ।

रोहित टी-२० इनिङ्समा ८ छक्का प्रहार गर्ने पहिलो भारतीय बनेका छन् । रोहितअघि युवराजले एक इनिङमा सात छक्का प्रहार गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖