• Thursday 22nd of October 2026

पंखा खसेर शरिरमा लाग्दा एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

कञ्चनपुरः कञ्चनपुरमा पंखा खसेर शरिरमा लाग्दा एक जनाको मृत्यु भएको छ ।

बेदकोट नगरपालिका–७ गाउजीका ६८ वर्षीय रत्नप्रकाश लामिछानेको सोमवार शरिरमाथि पंखा खसेर मृत्यु भएको हो ।

लामिछाने आफ्नै घरको आगनमा टेबुल फ्यान (पंखा) चलाई बसी राखेको अवस्थामा सोही फ्यान शरिरमा खसेर गम्भिर घाइते भएका थिए ।

घाइते लामिछानेलाइ उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पुर्‍याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖