• Thursday 22nd of October 2026

चट्याङ लागेर ४६ वर्षीया महिलाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं— पूर्वी नवलपरासी कावासोतीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।

बुधबार दिउँसो कावासोती १४ अग्यौलीका बुद्धिराम महतोको खेतमा धान रोप्ने क्रममा चट्याङले लाग्दा स्थानीय दिलकुमारी थरुनी गम्भीर घाइते भएकी थिइन्।

उनलाई मध्य विन्दु जिल्ला अस्पताल डन्डामा उपचार गरेर थप उपचारका लागि चितवन भरतपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖