• Friday 9th of October 2026

भारत र इंग्ल्यान्डबीचको खेलमा यसरी बन्यो वर्षा बाधक, टसमा ढिलाइ


  • धनकुटा खबर
  • .

आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनलमा भारत र इङ्ग्ल्यान्डबीच हुने भनिएको खेलमा वर्ष बाधक बन्दा टसमा ढिलाइ भएको छ।

बिहीबार गुयनामा खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि सुरु हुने तालिका रहे पनि वर्षाका कारण मैदान ओसिलो रहँदा टससमेत हुन सकेको छैन। हाल पिच र मैदान पूरै ढाकिएको छ।

रोहित शर्माको कप्तानीमा रहेको भारत जारी सिजनमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो भने जोस बटलरको कप्तानीमा रहेको इङ्ग्ल्यान्ड समूह चरण र सुपर ८ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो। आजको खेलमा जित निकाल्ने टिमले उपाधिका निम्ति दक्षिण अफ्रिकाविरुद्ध खेल्ने छ।

यसअघि दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा अफगानिस्तानविरुद्ध नौ विकेटको जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖