• Thursday 22nd of October 2026

चप्पल फ्याक्ट्रीको गोदाममा आगलागी


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीमा एक चप्पल फ्याक्ट्रीको गोदाममा आगलागी भएको छ ।

जिल्लाको धनगढी उपमहानगरपालिका—१ शान्तीनगर स्थित जगदिश जोशीले सञ्चालन गरेको चप्पल फ्याक्ट्रीको गोदाममा विद्युतको तार सट हुन गई आगलागी भएको हो ।

शुक्रबार आगलागी हुँदा गोदाम कोठामा रहेका सम्पुर्ण सामानहरु जलेर नष्ट भएको बताइएको छ ।

आगलागी हुदाँ मानबिय क्षती नभएको र क्षतिको विवरण आउन वाँकि रहेको छ ।

स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖