• Thursday 22nd of October 2026

ग्राण्डी टावरभित्र रहेको स्वमिङ पुलमा डुबेर एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । टोखा नगरपालिका-३ ग्राण्डी टावरभित्र रहेको स्वमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने ५६ वर्षीय मदन कार्कीको शुक्रबार दिउँसो मृत्यु भएको हो । स्विमिङ गर्ने क्रममा डुबेर अशक्त भएका उनको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।

यता महोत्तरीको भंगाहा नगरपालिका-८ अनारमन बस्ने ८० वर्षीय महेश राय यादवको सोही ठाउँस्थित पोखरीमा डुबेर शनिबार बिहान मृत्यु भएको छ ।

त्यस्तै, नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-६ राम मन्दिर नजिकै नारायणी नदीमा डुबेर सोही नगरपालिका-६ गैह्री बस्ने नेत्र बहादुर नेपालीको छोरा ८ वर्षीय युनिस नेपालीको मृत्यु भएको छ ।

बुधबार साँझ नदी किनारमा पार्किङ गरी राखेको काठको डुङ्गामा खेल्ने क्रममा चिप्लिएर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शनिबार बिहान शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖