• Friday 9th of October 2026

टी-२० विश्वकप क्रिकेटमा विजेता, उपविजेतासहित कसले कति पाए पुरस्कार ?


  • धनकुटा खबर
  • .

एजेन्सी । सन् २०२४ को आईसिसी टी-२० पुरुष विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । शनिबार भएको फाइनल खेलमा साउथ अफ्रिकालाई रोमाञ्चक खेलमा ७ रनले हराउँदै भारतले १७ वर्षपछि उपाधि जितेको हो । यस वर्षको विश्वकप क्रिकेटमा भारत अपराजित रहँदै उपाधि हात पारेको छ ।

आईसिसीले टी-२० विश्वकपका लागि ११.२५ मिलियन डलर अर्थात् ९३ करोड ५१ लाख भारतीय रुपैयाँको पुरस्कार घोषणा गरेको थियो । जसमा विजेता भारतले २० करोड ३६ लाख भारतीय रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता साउथ अफ्रिकाले १०.६४ करोड भारतीय रुपैयाँ हासिल गरेको छ ।

यस्तै सेमिफाइनलमा पुगेको अफगानिस्तान र इङ्ग्ल्यान्डले ६ करोड ५४ लाख भारतीय रुपैयाँ प्राप्त गरेको छ । सन् २०२४ को टी-२० विश्वकप क्रिकेटमा विश्वभरका २० टीमले सहभागीता जनाएका थिए । जसमा सुपर ८ को दोस्रो राउन्डबाट अघि नबढेका टीमलाई ३ करोड १७ लाख भारतीय रुपैयाँ प्रदान गरिएको छ ।

त्यस्तै ९ देखि १२ औँ स्थानसम्म रहेका टीमलाई २ करोड ५ लाख प्रदान गरिएको छ भने १३ औँ देखि २० औँ स्थानसम्म रहेका टीमलाई १ करोड ८७ लाख भारतीय रुपैयाँ प्रदान गरिएको छ । त्यस बाहेक पहिलो र दोस्रो राउन्डको खेलमा जित निकाल्ने टीमलाई २५ लाख ८९ हजार भारतीय रुपैयाँ प्रदान गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖