• Thursday 22nd of October 2026

चितवनको होटलमा चिनियाँ नागरिक मृत फेला


  • धनकुटा खबर
  • .

चितवन । चितवनको भरतपुरस्थित होटलमा एक चिनियाँ नागरिक मृत फेला परेका छन् । बीपी कोइराला क्यान्सर अस्पताल अगाडिको बर्षना होटलमा बस्दै आएका ५६ वर्षीय पियान छाङ्गसिन आज बिहान मृत फेला परेका हुन् ।

यही असार १० गतेदेखि सो होटलमा बसेर उनले बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए । उनी आज बिहान ८ बजेर ५५ मिनेटमा होटलको आफू सुत्ने कोठाभित्र मृत फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖