• Thursday 22nd of October 2026

पहिरोले घर भत्किंदा ६ बर्षीय बालकको मृत्यु


  • धनकुटा खबर
  • .

पहिरोले घर भत्किँदा जाजरकोटमा एक जना बालकको मृत्यु भएको छ।

भेरी नगरपालिका–५ ईब्राका ६ बर्षीय बालक प्रिन्स विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

सोमबार बिहान घर पछाडिबाट खसेको पहिरोले घर भत्किएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम प्रसाद सापकोटाले बताए।

उनका अनुसार प्रिन्सका बुवा रमेश विक घाइते भएका छन्।

घरमा ६ जनाको परिवार रहेको र अरु सकुशल रहेको डिएसपी सापकोटाले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖