• Thursday 22nd of October 2026

बस दुर्घटनामा घाइतेहरूको पहिचान खुल्यो(नामावली सहित)


  • धनकुटा खबर
  • .

काठमाडौ । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ८ पोर्ताहास्थित पूर्वपश्चिम लोक मार्गमा भएको बस दुर्घटनाका घाइतेहरूको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सर्लाहीबाट सिरहाको लहान तर्फ जादै गरेको ना ५ ख ४४९२ नम्बरको यात्रुबाहक बस आफैँ अनियन्त्रित भई रोड छेउमा पल्टिदा बसमा सवार १३ जना घाइते भएका थिए।

घाइते हुनेमा सर्लाहीको कौडेना गाउँपालिका ६ का ६० वर्षीय जयन्दर राय, सोही स्थानका ३२ वर्षीय मनोज कुमार यादव, ५४ वर्षीय ससुखन यादव, विरेन्द्र रायका ७ वर्षीय छोरा निगम राय, ६५ वर्षीय केबट बैठा रहेका छन्।

यस्तै सर्लाही विष्णुपुर गाउँपालिका ८ का ३७ वर्षीय राधेश्याम प्रसाद यादव, ६० वर्षीय टेकन राय, ६५ वर्षीय दिप नारायण यादव, ६२ वर्षीय बिन्देश्वर राय, ७० वर्षीय लाल बाबु राय, २८ वर्षीय विजय कुमार साह रहेका छन्।

त्यसैगरी ६० वर्षीय जगदिश राय, ६० वर्षीय कपिलेश्वर राय पनि घाइते भएका छन्।

घाइते मध्ये प्रायःको अवस्था सामान्य रहेको छ भने जयन्दर रायको अवस्था मध्यम रहेको छ। उनीहरू सबैको उपचार स्थानीय अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖