• Friday 9th of October 2026

पेनाल्टीमा धकेलियो अर्जेन्टिना र इक्वेडरबीचको खेल


  • धनकुटा खबर
  • .

एजेन्सी । कोपा अमेरिका–२०२४ अन्तर्गत साविक विजेता अर्जेन्टिना र इक्वेडरबीचको खेलको निर्णय पेनाल्टी सुटआउटबाट हुने भएको छ ।

शुक्रबार अमेरिकाको एनआरजी रंगशालामा भएको खेलको निर्धारित समय १/१ गोलको बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट हुने भएको हो ।

खेलमा अर्जेन्टिनाले अग्रता बनाए पनि त्यसलाई जोगाउन भने सकेन । ३५ औँ मिनेटमा अर्जेन्टिनाका लौटारो मार्टिनेजले गोल गर्दै टिमलाई अग्रतामा राखेका थिए‌ ।

तर, इन्जुरी समयको पहिलो मिनेटमा इक्वेडर खेलमा फर्किएको थियो । इक्वेडरका केबिन रोड्रिगेजले इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै टिमलाई बराबरीमा फर्काएका हुन् ।

प्रतियोगिताको क्वाटरफाइनलमा र सेमिफाइनलमा अतिरिक्त समय नभएकाले खेल सोझै पेनाल्टीमा प्रवेश गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖