• Friday 9th of October 2026

क्यानले सन्दीपलाई सेन्ट्रल कन्ट्राक्टमा राख्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले लेग स्पिनर सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरण (सेन्ट्रल कन्ट्राक्ट) मा राख्ने भएको छ ।

क्यानको बोर्ड बैठकले लामिछानेलाई सेन्ट्रल कन्ट्राक्टमा राख्ने निर्णय गरेको हो ।

क्यानको बोर्ड बैठक बिहीबार काठमाडौंमा बसेको थियो । सन्दीपलाई ए ग्रेडमा राखिएको छ ।

बलात्कारको मुद्दा लागेसँगै सन्दीप २०७९ माघदेखि क्यानको खेलाडी वर्गीकरणमा रहेका थिएनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖