• Friday 9th of October 2026

नेपाल प्रिमियर लिग गर्ने क्यानको निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग गर्ने भएको छ ।

बिहीबार बसेको क्यानको बैठकले आगामी नोभेम्बर–डिसेम्बर (कात्तिक–मंसिर) मा नेपाल प्रिमियर लिग गर्ने निर्णय गरेको हो ।

तर प्रतियोगिताको मिति तय भइनसकेको क्यानका सचिव पारस खड्काले जानकारी दिए ।

यस्तै क्यानले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको पिचहरूको पुनः निर्माण गरी स्तरोन्नति गर्ने पनि निर्णय गरेको छ । हाल सञ्चालनमा रहेको जिम हललाई व्यवस्थित गर्न विस्तार गरी जिम हलमा प्रयोग हुने आवश्यक उपकरणहरू थप गर्ने पनि क्यानले निर्णय गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖