धनगढीः कैलालीको लम्कीमा अचेत अवस्थामा फेला परेका दुई जना पुरुषको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–५ बस्ने ५१ वर्षीय सागर वि.क. र लम्कीचुहा नगरपालिका–३ खैरेनिको रानिजमरा कुलरिया सिँचाई आयोजनाको नहरको माथि अचेत अवस्थामा फेला परेका अर्का पुरूषको मृत्यु भएको हो ।
सागर वि.क. हिजो (मंगलवार) बाटोमा अचेत अवस्थामा फेला परेका थिए । अचेत अवस्थामा फेला पेरेका विकलाई उपचारको लागि स्थानिय अस्पताल भल्का लगेकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।
यस्तै, मंगलवार नै रानिजमरा कुलरिया सिँचाई आयोजनाको नहरको माथि अर्का पुरूष अचेत अवस्थामा फेला परेको थिए । नहरको माथि अचेत अवस्थामा फेला परेका ती पुरुषलाई उपचारको लागि लाल रत्न अस्पताल लम्की लगेकोमा चिकित्सकले चेकजाँच गर्दा उनलाई पनि मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।
नहरको माथि फेला परेका ती पुरुषको अहिलेसम्म नाम, थर नखुलेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
