• Thursday 8th of October 2026

एम्बाप्पेलाई रियल म्याड्रिडले जुलाई १६ मा प्रस्तुत गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ । रियल म्याड्रिडले किलीयन एम्बाप्पेलाई आगामी जुलाई १६ मा प्रस्तुत गर्ने भएको छ ।

रियल म्याड्रिडमा सम्झौता गरिसकेका एम्बाप्पे फ्रान्सको टिम युरोकपबाट बाहिरिएसँगै रियल म्याड्रिडले आफ्ना फ्यानहरुका बीच जुलाई १६ मा प्रस्तुत गर्ने भएको हो ।

एम्बाप्पेले पिएसजी छोडेर फ्री-ट्रान्सफरमा रियल म्याड्रिड गएका थिए । एम्बाप्पेले रियल म्याड्रिडसँग पाँच बर्षको सम्झौता गरेका छन् ।

उनले रियल म्याड्रिडमा बार्षिक १६.२ मिलियन डलर पारिश्रमिक पाउने गरी सहमति गरेका छन्  । साथै उनले रियल म्याड्रिडबाट १५० मिलियन युरो साइनिङ शुल्क लिएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖