• Saturday 24th of October 2026

यसरी महानगरकै क्यान्टिनमा बासी खाना र फोहोरको डङ्गुर


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नै चमेना गृह ९क्याटिन० लाई कारबाही गरेको छ । महानगरले काठमाडौं प्लाजास्थित नारायणी चमेना गृहलाई कारबाही गरेको हो ।

क्यान्टिनले उपभोक्तालाई बासी खाना बेच्ने गरेको गुनासोपछि अनुगमन गरेको महानगरले उक्त क्यान्टिनलाई २ लाख रुपैयाँ जरिवाना गराएको महानगर अनुगमन निरीक्षण अधिकृत नुरनिधि न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार उक्त क्यान्टिनले विगतमा पनि खाद्य स्वच्छता कायम नगरेको पाइएको थियो । तर, पटक पटक लिखित निर्देशन दिँदा पनि सुधार नभएपछि कारबाही गर्नुपरेको महानगरले जनाएको छ ।

अनुगमनका क्रममा महानगरले उक्त क्यान्टिनको फ्रिजमा तापक्रम नमिलेको, एप्रोन गन्हाउने, सरसफाइ नगरेको तथा ग्राहकलाई बासी खाना खुवाउने गरेको पाइएको महानगरले जनाएको छ ।

हाल महानगरको क्यान्टिन साह्रै फोहोर भएपछि महानगरका कर्मचारीहरु पनि बाहिर गएर खाजा खान बाध्य छन् । अहिले कारबाही स्वरुप २ लाख रुपैयाँ जरिवाना गरिएको नारायणी क्यान्टिनलाई यसअघि फागुन २० गते पनि ५० हजार रुपैयाँ जरिवाना तिराइएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖