• Thursday 8th of October 2026

कोपा २०२४ को फाइनलमा आँशु झार्दै मैदान बाहिरिए मेसी


  • धनकुटा खबर
  • .

दक्षिण अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा २०२४ अन्तर्गत कोलम्बियाविरूद्धको फाइनल खेलमा अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीले चोटका पूरा समय खेल्न सकेनन्।

दोस्रो हाफमा उनी मैदान बाहिरिएपछि निकोलास गोन्जालेज मैदान छिरेका थिए। अमेरिकाको मायमीको हार्ड रक रंगशालामा भएको फाइनलको ६८ मिनेटमा मेसीको खुट्टामा समस्या देखिएको थियो। उनी खेलिरहदा एक्कासी खुट्टामा समस्या आएको थियो।

चोटका कारण मैदान बाहिरिएसँगै मेसी निकै भावुक बनेका थिए। जसका कारण उनको आँखाबाट आँशु झरेको थियो। उनी मैदान बाहिरिदा मैदानमा उपस्थित दर्शकहरूले मेसीका लागि ठूलो हुटिङ गरेका थिए।

खेलको ९० मिनेटको निर्धारित खेल गोलरहित बराबरीमा सकिएको छ।
तीन कोपा अमेरिका र एक विश्वकपको फाइनलमा पुगेर पनि पराजय भोगेका मेसीले पछिल्लो कोपा र विश्वकपको भने उपाधि जितेका थिए। मेसीका लागि कोपा २०२४ मा तीन वर्षमा तेस्रो उपाधि जित्ने मौका छ।

यसअघि कोपा २०२४ मा मेसी चिलीविरुद्धको खेलमा घाइते भएका थिए। जसका कारण उनले समूह चरणमा पेरुविरुद्धको खेल गुमाएका थिए। सेमिफाइनलमा क्याडनाविरुद्ध गरेको गोल उनको कोपा २०२४ को एक मात्र गोल हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖