• Thursday 8th of October 2026

युरो कपको फाइनलमा पराजित भएको दुई दिनपछि इंग्लिस प्रशिक्षकले दिए राजीनामा


  • धनकुटा खबर
  • .

सन् २०२४ को युरोपियन च्याम्पियनसिपको फाइनलमा स्पेनसँग पराजित भएको दुई दिनपछि इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले राजीनामा दिएका छन्।

आइतबार बर्लिनमा भएको फाइनलमा इंग्ल्यान्डलाई स्पेनले २-१ ले हराएको थियो। तीन वर्षअघि वेम्बलीमा भएको युरोको फाइनलमा पनि इटालीसँग इंग्ल्यान्डले पेनाल्टीमा पराजय भोगेको थियो।

५३ वर्षीय साउथगेटले आठ वर्षको कार्यकालमा १०२ खेलमा इंग्लिस टोलीको नेतृत्व गरे। उनको सम्झौता यसै वर्षको अन्त्यमा सकिँदै थियो।
फुटबल संघका प्रमुख कार्यकारी मार्क बुलिङ्घमले साउथगेटको उत्तराधिकारी नियुक्त गर्ने प्रक्रिया सुरु भएको बताएका छन्।

इङ्ल्यान्डले आगामी खेल सेप्टेम्बर ७ मा नेसन्स लिगमा रिपब्लिक अफ आयरल्याण्डसँग खेल्नेछ।

सन् १९६६ पछि इंग्लिस टोलीलाई मुख्य प्रतियोगिताको फाइनलमा पुर्‍याउने साउथगेट पहिलो प्रशिक्षक हुन्।

उनले इंग्लिस टोलीको चार मुख्य प्रतियोगितामा जिम्मेवारी लिए। सन् २०१८ र २०२२ को विश्वकपसहित दुई युरो कपमा उनी इंग्लिस टोलीको प्रशिक्षक थिए।

पछिल्लो समय उनीमाथि आलोचना हुँदै राजीनामा दिनु पर्ने दबाब थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖