• Thursday 8th of October 2026

म्यानचेस्टर सिटीले भित्र्यायो २० वर्षीय ब्राजिलियन विंगर


  • धनकुटा खबर
  • .

इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीले ब्राजिलका विंगर साभिन्होलाई फ्रेञ्च क्लब ट्रोयसबाट भित्र्याएको छ। उनलाई सिटीले सन् २०२९ सम्मका लागि ४० मिलियन युरोमा अनुबन्धन गरेको हो ।

२० वर्षीय साभिन्होले गत सिजन स्पेनिस ला लिगामा जिरोनामा लोनमा खेलेका थिए। जिरोनाले गत सिजन उत्कृष्ट सुरुवात गरे पनि तेस्रो भएको थियो।

जिरोना र ट्रोयस दुवै क्लब सिटी फुटबल समूहको हिस्सा हुन्।
सिटीमा आबद्ध भएपछि साभिन्होले सिटी हाल ‘विश्वको उत्कृष्ट टोली’ भएको बताएका छन्। प्रशिक्षक पेप गार्डियोलाको नेतृत्वमा खेल्न पाउँदा उत्साहित भएको पनि उनको भनाइ छ।

सभिन्होलाई साभियो पनि भनिन्छ। २०२२ मा ट्रोयसमा सामेल हुनुअघि उलने ब्राजिलियन क्लब एट्लेटिको मिनेरियोबाट आफ्नो करिअर सुरूगरेका थिए। सो क्लबमा प्रतिस्पर्धात्मक खेल खेल्न नपाए पनि उनी २०२२-२३ सिजनमा नेदरल्यान्ड्सको पिएसभीमा लोनमा आबद्ध भएका थिए।

डच क्लबमा उच्च प्रदर्शन गरेसँगै उनी गत सिजन जिरोनामा लोनमा आबद्ध भए।

उनले ला लिगा क्लबका लागि सबै प्रतियोगितामा कुल ११ गोल र १० असिस्ट गरेका थिए। जसका कारण उनी गत मार्चमा ब्राजिलको राष्ट्रिय टोलीमा परेका थिए।

इङ्ल्यान्डविरुद्ध डेब्यू गरेपछि उनले कोपा अमेरिका २०२४ मा समूह चरणमा पाराग्वेविरुद्ध आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖