• Friday 9th of October 2026

किन नेपाली फ्यानको गाली खाइरहेका छन् विराट कोहली?


  • धनकुटा खबर
  • .

अहिले एसिसी महिला एसियामा नेपालले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ। श्रीलंकामा भएको खेल एसिसीको युट्युव च्यानलबाट प्रत्यक्ष प्रसारण भइरहेको छ।

नेपाल र युएईबीचको खेल भइरहे पनि प्रसारणको च्याट बक्समा नेपाली फ्यानहरूले भारतीय क्रिकेटर विराट कोहलीलाई गाली गरिरहेका छन्।
टी-२० विश्वकपको उपाधि भारतले जित्दा टोलीका लागि महत्वपूर्ण योगदान गरेका कोहली अहिले ब्रेकमा छन्। उनले केही दिनअघि आफ्नो सामाजिक सञ्जालबाट एक भिडिओ क्लिप सेयर गरेका थिए।

सोहि भिडिओलाई लिएर नेपाली फ्यान आक्रोशित भएका थिए। केही दिनदेखि नेपाली फ्यानहरुले विरोध गरिरहदा अहिले नेपाल र युएईबीचको खेलको प्रत्यक्ष प्रसारणको च्याट बक्समा नेपाली समर्थकले विरोध गरिरहेका छन्।

भारतीय ओलम्पिक टोलीका लागि पेरिस ओलम्पिक २०२४ का लागि तयार गरिएको उक्त भिडि‌ओमा सगरमाथा क्षेत्रका दृश्यहरू देखाइएको छ।

जसले गर्दा नेपालीहरू आक्रोशित भएका हुन्। धेरै नेपाली फ्यानहरू कोहलीलाई सही तथ्यको भिडिओ सेयर गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖