• Friday 9th of October 2026

युरो विजेता मोराटा मिलानद्वारा अनुबन्ध


  • धनकुटा खबर
  • .

मिलान । एसी मिलानले एट्लेटिको मड्रिडका स्पेनिस फरवार्ड अल्भारो मोराटालाई चार वर्षको सम्झौतामा अनुबन्ध गरेको छ । सम्झौतामा १२ महिनाका थप गर्ने विकल्प राखिएको छ ।

सिरी ए टोलीले मोराटाको रिलिज क्लज ट्रिगर गरेको थियो– जुन कथित रूपमा १‍.१ करोड पाउन्ड थियो । ३१ वर्षीय कप्तानले यस महिनाको सुरुमा स्पेनलाई युरो २०२४ को उपाधि दिलाएका थिए।

मोराटाले व्यावसायिक डेब्यू भने रियल मड्रिडबाट गरेका थिए । उनले युभेन्टस र चेल्सीबाट पनि खेलिसकेका छन्।

उनले रियल मड्रिडसँग दुई स्पेलमा दुई पटक च्याम्पियन्स लिग जिते भने युभेन्टससँग दुई पटक इटालियन लिगको उपाधि पनि उचालेका थिए। चेल्सीबाट एफए कप जितेका मोराटाले स्पेनका लागि ८० खेलमा ३६ गोल गरेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖