• Friday 9th of October 2026

दीपेन्द्र र सन्दीपआबद्ध टिमका रिजवान र बाबरले ग्लोबल टी–२० नखेल्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले क्यानडामा हुने ग्लोबल टी–२० का लागि शाहीन शाह अफ्रिदी, बाबर आजम र मोहम्मद रिजवानलाई नो अब्जेक्सन सिटिफिकेसन (एनओसी) नदिए पछि तिनै जनाले लिग नखेल्ने भएका छन् ।

‘तीन खेलाडी र छनोट समितिसँग परामर्श गरेर एनओसी जारी नगर्ने निर्णय गरेको हो ,’ पिसिबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बाबर र रिजवान आबद्ध रहेको टोलीमा नेपालका सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी रहेका थिए । रिजवानलाई टोलीले कप्तानमा समेत नियुक्त गरिसकेको थियो ।

नेपालका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरन्टो नेशनलमा अनुबन्धित तीव्र गतिका बलर अफ्रिदीले पनि लिगमा सहभागीता जनाउँने छैनन् ।

क्यानडा ग्लोबल टी-२० आगामी २५ जुलाईबाट सुरु हुनेछ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖