• Tuesday 6th of October 2026

माओवादीको पत्राचार पछि नेसपामा तरंग


  • धनकुटा खबर
  • .

काठमाडौं। माओवादी केन्द्रले नेसपाका अध्यक्ष रहेका बाबुराम भट्टराईलाई बेवास्ता गर्दै अर्का अध्यक्ष महिन्द्रराय यादवलाई सम्बोधन गरेर पार्टी एकताका लागि पत्राचार गरेपछि नेसपाको आन्तरिक राजनीतिमा तरंग आएको छ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीचको एकताले मूर्त रुप लिने सम्भावना टरेपछि माओवादी केन्द्रले नयाँ रणनीति तय गरेको हो।

लामो समयको आन्तरिक छलफलबाट पार्टी एकताका लागि भट्टराईसँग सहमति जुट्न नसकेपछि उनी बाहेक अन्य नेतालाई भित्र्याउने दाउमा माओवादी केन्द्र लागेको छ।

पार्टी एकताका लागि १५ बुँदे पार्टी एकताका आधारसहितको प्रसताव नेसपाले माओवादी केन्द्रीय कार्यालयमा बुझाएको थियो। यद्यपि उक्त प्रस्ताव माओवादीले गत साउन १७ देखि २१सम्म काठमाडौंमा भएको केन्द्रीय समिति बैठकमा छलफलका लागि बैठकमा पेश गरेको थिएन।

आफूलाई माओवादी केन्द्रको बारम्बार बेवास्ता र गत असारमा गठित चार दल सम्मिलित समाजवादी मोर्चामा सामेल नगराएपछि दाहालसँग थप असन्तुष्ट बनेका थिए।

दाहालले पछिल्लो समय भट्टराईलाई पार्टीमा भित्र्याए उनको पुरानो गुट ब्युँतिने भयले सशंकित भएर अनिच्छा प्रकट गरेको स्रोतको दाबी छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖