• Thursday 8th of October 2026

५ ओभरमा ३० रन बनाउँदा नेपालले गुमायो तीन विकेट


  • धनकुटा खबर
  • .

पाकिस्तानविरुद्ध ५ ओभरमा ३० रन बनाउँदा नेपालले तीन विकेट गुमाएको छ। नेपालका लागि सम्झना खड्का, कविता कुंवर र कप्तान इन्दु बर्मा आउट भएका हुन्।

एसिसी महिला ट्वान्टी(२० एसिया कपको पहिलो खेलमा शानदार पारी खेलेकी सम्झना खड्का दोस्रो खेलमा पाकिस्तानविरुद्ध सस्तैमा आउट भएकी छन्।

नेपालले सम्झनालाई मात्रै ४ रनमा पहिलो ओभरमै गुमाएको हो। युएईविरुद्ध सम्झनाले ७२ रन नटआउट बनाउँदै नेपाललाई ऐतिहासिक जित दिलाएकी थिइन्।

तर पाकिस्तानविरुद्ध एउटा चौका हानेपछि पुनः लामो सट प्रहार गर्न खोज्दा उनी क्याचआउट हुन पुगिन्।

यस्तै कविता कुंवर पनि मात्रै १३ रन जोडेर आउट भएकी छन्। पाँचौं ओभरको चौथो बलमा कवितालाई गुमाउँदा नेपालले २ विकेटको क्षतिमा ३० रन बनाएको थियाे। त्सीयसपछि आएकी कप्तान इन्दु बर्माले खाता नै खाेल्न सकिनन्। सीता राना मगरले १३ रन बनाएर खेलिरहेकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖