• Tuesday 6th of October 2026

विद्यालय बन्द गर्ने प्रअ र गयल हुने शिक्षकलाई कारबाही गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारबाही गर्ने भएको छ ।

महानगरले भोलिदेखि विद्यालय अनुगमन गर्ने विद्यालय बन्द गरिएको पाइएमा कारबाही गर्ने जनाएको हो ।

महानगरपलिकाले बिहीबारदेखि गर्ने विद्यालय अनुगमनमा शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द र प्रधानाध्यापक वा विद्यालयमा हाजिर नहुने शिक्षकलाई कारबाही गर्ने निर्णय गरिएको महानगरका प्रमुख बालेन्द्र शाह बालेनका प्रेस संयोजक सुरेन्द्र बजगाईंले जानकारी दिए ।

महानगरपालिकाले सुरुवातबाटै आफ्नो क्षेत्रभित्रका विद्यालयमा राजनीति नगर्न पटक पटक विज्ञप्ति जारी गर्दै संयोजक बजगाईले बताए । बजगाईंका अनुसार महागरपालिकाले कुन विद्यालयमा अनुगमन गर्ने तोकेको छैन भने भोलि बिहिबार नै अनुगमन हुनेछ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖