• Saturday 28th of November 2026

आर्टीफीकेशन प्रणालीबाट शव पोस्टमार्टम गरिने


  • धनकुटा खबर
  • .

काठमाडौँ । । शौर्य एयरलाइसको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव आर्टीफीकेशन प्रणालीबाट गरिने भएको छ । त्रिवि शिक्षण अस्पतालमा आर्टीफीकेशन प्रणालीबाट शवको पोस्टमार्टम गर्न लागिएको छ ।

मृत्युको कारण थाहा भएपनि व्यक्ति पहिचानका लागी आर्टीफीकेशन र एन्जिमोटम प्रविधिको प्रयोग गरिन्छ । सो प्रविधिबाट सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव परीक्षण गरिने चिकित्सकहरूले बताएका छन् ।

दुर्घटनामा १७ जना पुरुष र एक जना महिलाको मृत्यु भएको छ । करिब १० वर्षीय बालकको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा अमित मान महर्जन, सगर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदिप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौड्याल, सन्तोष महतो, पुण्य रत्न शाही र ओमानका नागरिक आरिफ रेडा छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖