• Thursday 8th of October 2026

भारत र पाकिस्तानजस्ता बलिया प्रतिद्वन्द्वीसँगको अनुभव बटुलेर आज स्वदेश फर्किदै महिला क्रिकेट टिम


  • धनकुटा खबर
  • .

काठमाडौं, साउन १० । एसिसी महिला एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आज स्वदेश फर्किदै छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टोली श्रीलंकन एअरलाइन्समार्फत आज दिउँसो सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ ।

आठ टिम सहभागी प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले तीन खेल खेलेको थियो। समूह चरणका तीन खेलमा एक जित र दुई हार खाएको नेपालले भारत र पाकिस्तानजस्ता बलिया प्रतिद्वन्द्वीसँग खेलेको थियो ।

इन्दु बर्माको नेतृत्वमा एसिया कप खेल्न श्रीलंका पुगेको नेपाली टिमले समूह चरणको पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकालेको थियो। दोस्रो र तेस्रो खेलमा भने नेपाल जितबिहीन भएको। दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा भारतसँग ८२ रनले स्तब्ध भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖