• Thursday 8th of October 2026

एसीसी एसिया महिला कप क्रिकेटको फाइनल खेल आइतबार भारत र श्रीलङ्का बिच हुने


  • धनकुटा खबर
  • .

काठमाडौं । एसीसी एसिया महिला कप क्रिकेटको फाइनल खेल भारत र श्रीलङ्काबिच हुने भएको छ ।

शुक्रबार राति भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई तीन विकेटले पराजित गर्दै आयोजक श्रीलङ्का फाइनलमा पुगेपछि भारतसँगको फाइनल खेल पक्का भएको हो । पाकिस्तानले चार विकेटको क्षतिमा दिएको १ सय ४१ रनको चुनौती एक बल बाँकी हुँदा श्रीलङ्काले सात विकेटको क्षतिमा पुरा गरेको हो ।

यसअघि पहिलो सेमिफाइनलमा भारतले बङ्गलादेशलाई १० विकटले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

आयोजक श्रीलंका र भारतको फाइनल खेल आइतबार हुँदै छ । खेल आइतबार दिउँसो ३ः१५ बजे श्रीलङ्काको डम्बुला क्रिकेट मैदानमा हुने छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖