काठमाडौं, १२ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधानमा लेखिएका मौलिकहरुको कार्यान्वयन नभइरहेको भन्दै टिप्पणी गरेका छन् ।
आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकका हकहरु कागजमा मात्रै सीमित भएको बताएका हुन् ।
उनले संविधानमा मानव अधिकारको व्याख्या, सम्पत्तिको हक समानताको हक, स्वास्थ्यको हक, यातना विरुद्धको हक, सूचनाको हकलगायतका हक लेखे पनि नागरिकले उपभोग गर्न नपाएइरहेको बताए । उनले समाजमा मान्छेले बाच्नको लागि आत्मसम्मानसमेत नपाइरहेको बताए ।
‘संविधानमा लेखिएका ती हकहरूले उसको कुनै मूल्य मान्यता राख्दैन भने त्यसको के काम ?’
