• Thursday 8th of October 2026

‘घरज्वाइँ’ ले कति कमायो? निर्माताले सार्वजनिक गरे दुई साताको कमाइ


  • धनकुटा खबर
  • .

काठमाडौ । दयाहाङ राई र मिरूना मगर अभिनीत फिल्म ‘घरज्वाइँ’ हलमा लागिरहेको छ।

गत शुक्रबारदेखि तेस्रो सातामा प्रदर्शनरत फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ।

फिल्मले दुई सातामा ४ करोड ६३ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको निर्माताले जानकारी दिएका छन्। गत बिहीबारसम्म उक्त कमाइ गरेको फिल्मले सुरूवाती दुई दिनमा १ करोड ५१ लाख रूपैयाँ ग्रस कमाएको थियो।

बर्खायाममा पनि फिल्मले दर्शकको राम्रो साथ पाएको हो।

अनिल बुढा मगरको पहिलो निर्देशकीय यो फिल्म मगर समुदायको कथामा बनेको छ। यसमा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ, पुष्कर गुरूङ, शिशिर बाङ्देल, राज थापा मगर, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले मगर, अनु थापा लगायतको अभिनय छ।

जनक घर्ती मगर फिल्मका निर्माता हुन्। ‘घरज्वाइँ’ युरोपका विभिन्न देशहरूमा समेत प्रदर्शनको तयारीमा छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖