• Saturday 28th of November 2026

चुनौती देखेर भाग्ने मान्छेबाट केही पार लाग्दैन : माधव नेपाल


  • धनकुटा खबर
  • .

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले चुनौतीबाट भागेर होइन सामना गरेर अघि बढ्नु पर्ने बताउनुभएको छ ।

सो पार्टी निकट विद्यार्थी संगठनले आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै नेपालले मानिसहरूले ठुला ठुला चुनौतीको सामना गरेका बताउनुभयो । ‘चुनौती देखेर भाग्ने मान्छेबाट केही पार लाग्दैन’, नेपालले भन्नुभयो ।

नेपालले नेपाली युवाहरू हरेक क्षेत्रमा अब्बल भएको बताउनुभयो । नेपाली युवाको हिजोका इतिहास पनि त्यतिकै गौरवशाली रहेको नेपालले बताउनुभयो । नेपालले इतिहास, वर्तमान र भविष्यलाई हेरेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । ‘इतिहास चाहिन्छ, वर्तमान चाहिन्छ, भविष्य पनि हुनुपर्छ’, उहाँले भन्नुभयो ।

उहाँले विद्यार्थीलाई कहिल्यै पनि घमण्ड नगर्न आग्रह गर्नुभयो । घमण्डको घैँटो एक दिन फुट्ने उहाँले सम्झाउनु भयो ।

उहाँले नेपाली भएकोमा गौरव बोध गर्न पनि आग्रह गर्नुभयो । नेपालीको सान र मान बढ्दा सबैको सान र मान बढ्ने उहाँले प्रष्ट पार्नुभयो । जीवन चुनौतीको अर्को नाम भएकोले चुनौतीको सामान गरेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖