• Thursday 8th of October 2026

७ महिनाको गर्भ बोकेर ओलम्पिकमा फेन्सर, भन्छिन्– परिवारका कारण खुसी साट्न पाएँ


  • धनकुटा खबर
  • .

इजिप्टकी फेन्सर नाडा हाफेजले पेरिस ओलम्पिक २०२४ मा आफू ७ महिनाको गर्वभती रहेको खुलासा गरेकी छिन्।

२६ वर्षिया नाडाले फेन्सिङको व्यक्तीगत साब्रे विधा अन्तर्गतको आफ्नो पहिलो खेलमा जित हात पारेपनि अन्तिम १६ बाट भने बाहिरिएकी थिइन्।

उनको यो ओलम्पिकमा तेस्रो सहभागिता हो।

खेलपछि उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोष्ट शेयर गर्दै आफु सात महिनाको गर्भवती रहेको बताएकी हुन्। उनको यो खुलासाले अहिले सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ।

उनले भनेकी छिन्, ‘तपाईंहरुले पोडियममा दुई खेलाडीहरू देखिरहनु भएको भएको थियो, तर वास्तवमा त्यहाँ तिन जना थिए। म, मेरो प्रतिस्पर्धी र हाम्रो संसारमा आउन बाँकी सानो बच्चा। मेरो बच्चा र मेरा लागि शारीरिक र मानसिक दुवै रुपमा चुनौतीहरु थिए। गर्भावस्थाको रोलरकोस्टर आफैंमा कठिन छ, तर जीवन र खेलकुदको सन्तुलन कायम राख्नका लागि लड्नु कठिनभन्दा कम थिएन। म ७ महिनाको गर्भवती छु।’

फ्रान्सको राजधानी पेरिसस्थित ग्रान्ड प्यालेसमा भएको खेलमा उनले पहिलो खेलमा अमेरिकी एलिजाबेथ टार्टाकोभस्कीलाई १५–१३ ले हराएकी थिईन्। तर अन्तिम १६ मा दक्षिण कोरियाकी जिओन हायोङ–७ ले पराजित भईन्।

उनले भनेकी छिन्, ‘मेरो बच्चा र मसँग चुनौतीहरू थियो, यो भावनात्मक र शारिरिक दुवै हो। गर्भावस्था आफैँमा गाह्रो छ। म भाग्यमानी छु की मेरो श्रीमान् इब्राहिम इहाब र मेरो परिवारको विश्वासका कारण यहाँसम्म आएर मेरो खुसी साट्न पाएको छु।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖