• Saturday 28th of November 2026

कृष्णगोपालको नाम एमालेमा फेरि काटियो


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठकबाट पदाधिकारी सहित केन्द्रीय नेताहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ ।

च्यासलस्थित केन्द्रीय कार्यालय डुबानमा परेपछि बिहीबार होटल बसेरामा बसेको सचिवालय बैठकले नेताहरुको नयाँ जिम्मेवारी सँगै केही मनोनयन समेत गरेको छ । पार्टी प्रवेश गरेकाहरुसहित १७ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको एमालेले मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा बढुवा गरेको छ ।

यही बैठकले गुरुप्रसाद बराललाई केन्द्रीय उपाध्यक्षमा बढुवा गरेको छ । गत वर्ष सुवास नेम्वाङको निधन भएपछि एउटा उपाध्यक्ष पद रिक्त थियो । त्यही उपाध्यक्ष पदमा बराललाई मनोनयन गरिएको हो ।

यसअघि बराल बागमती प्रदेशका इन्चार्ज थिए । स्थायी कमिटी सदस्यको हैसियतमै बागमती इन्चार्जको जिम्मेवारी पाएका बरालले अहिले एकैपटक उपाध्यक्ष पद पाए ।

एमालेले आमचुनाव हारेकाहरुलाई पार्टीमा मुख्य जिम्मेवारी दिने नीति अन्तर्गत बरालले यो तहको सफलता पाएका हुन् । तर गत २०७९ मंसिरको चुनावमा सिंगो बागमती प्रदेशमै एमालेबाट चार जनाले जित्दा राजधानी शहर काठमाडौंमा पार्टीलाई शून्य हुनबाट जोगाएका कृष्णगोपाल श्रेष्ठले फेरि पनि निराश हुनु परेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖